Monday , 23 October 2017
Breaking News

फेरि पाप गर्नलाई हामीले अनुग्रहको लाइसेन्स पाएका हौँ त ?

  • aaja ko bachanरोमान्स थपलिया

अनुग्रहको युग र समय छँदैछ, यसकारण अब मैले जानीजानी जतिपटक जीवित परमेश्वरको विरोधमा पाप गरेर वचनलाई इन्कार गरेपनि। अाखिर घरिघरि मज्जाले आशु खसालेर, रोएर परमेश्वर सँग क्षमा पाइहाल्ने रहेछु नी। भन्नेहरु: अब एकपटक फेरि जीवित परमेश्वरको जीवित वचनलाई राम्रोसँग पढ र सुन।
किनभने जीवित परमेश्वर कुनै गोलमाल का परमेश्वर होइन।

#जीवित_वचनले_अाज_हामी_मण्डलीलाई_भन्नुहुन्छ

१ पत्रुस 4:17
किनभने न्‍याय परमेश्‍वरकै परिवारबाट सुरु हुने समय आएको छ, र यदि यो हामीबाट सुरु हुन्‍छ भनेता परमेश्‍वरको सुसमाचार नमान्‍नेहरूको अन्‍त्‍य कस्‍तो होला?

२ कोरिन्थी 5:10
10. किनकि हामी सबै ख्रीष्‍टका न्‍याय-आसनको सामुन्‍ने खड़ा हुनुपर्छ, यसरी शरीरमा हुँदा आफूले गरेबमोजिम हरेकले असल वा खराब प्रतिफल पाउनेछ।

रोमी 6:1-2
अब हामी के भनौं? के अनुग्रह प्रशस्‍त मात्रामा होस्‌ भनेर हामी पापमा लागिरहौं त? त्‍यसो नहोस्‌! हामी जो पापको लेखि मर्‍यौं, त कसरी हामी अझै त्‍यसैमा जिउनु?

रोमी 6:15
अब के त? के हामी व्‍यवस्‍थाको अधीनमा छैनौं, तर अनुग्रहको अधीनमा छौं भनेर पाप गर्ने त? कदापि होइन।

हिब्रू 10:26-27
किनकि यदि सत्‍यताको ज्ञान पाएर पनि हामीले जानी-जानी पाप गर्‍यौं भने पापको निम्‍ति अब उसो अरू कुनै बलिदान रहँदैन, तर इन्‍साफको डरलाग्‍दो प्रतीक्षा र विरोधीहरूलाई भस्‍म गर्ने क्रोधको अग्‍नि मात्र रहनेछ।

हिब्रू 10:29-31
तिमीहरू आफै विचार गर: परमेश्‍वरका पुत्रलाई खुट्टामुनि कुल्‍चने, आफूलाई पवित्र तुल्‍याएको करारको रगतलाई अपवित्र बनाउने र अनुग्रहका आत्‍मालाई अपमान गर्नेचाहिँ झन्‌ कति बढ़ी कड़ा दण्‍डको योग्‍य ठहरिनेछ।
किनकि “प्रतिशोध लिने काम मेरो हो, प्रतिफल म दिनेछु” भन्‍नुहुनेलाई हामी चिन्‍छौं। यसो पनि भनिएको छ, “परमप्रभुले आफ्‍ना मानिसहरूको इन्‍साफ गर्नुहुनेछ।”
जीवित परमेश्‍वरको हातमा पर्नु डरलाग्‍दो कुरो हो।

हिब्रू 12:25
होशियार बस, जो बोल्‍दैहुनुहुन्‍छ, उहाँलाई तिमीहरू इन्‍कार नगर। किनकि यदि पृथ्‍वीमा चेताउनी दिनुहुनेलाई इन्‍कार गर्नेहरू उम्‍केनन्‌ भने स्‍वर्गबाट चेताउनी दिनुहुनेलाई अस्‍वीकार गर्‍यौं भने हामी कसरी उम्‍कन सक्‍छौं?

Facebook Comments
Visits
Hit Counter provided by orange county divorce attorney