Friday , 17 November 2017
Breaking News

सल्यानमा थुनामा परेका ख्रीष्टियनहरू निर्दोष

saliyan case's victimsसल्यानमा जेल पर्नुभएका ख्रीष्टियनहरु निर्दोष हुन्
२०७३ फागुन ३ गते
सल्यान जिल्लामा झुठा आरोपमा ५ वर्ष जेल चलान भएका ४ जना ख्रीष्टियन नागरिकहरु निर्दोष पाइएको छ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले पत्रकार सम्मेलनको आयोजना गरी सो कुरा बताइएको छ । उक्त घटनाको सत्यतथ्य पत्ता लगाउन राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सि.बि. गहतराजज्यूको नेतृत्वमा महासचिव पा. पदमनाथ पराजुली र प्रवक्ता/उप–महासचिव पा. सागर बैजू सहितको प्रतिनिधि मण्डलल घटनास्थल पुगी आवश्यक अनुसन्धान पश्चात प्रेस विज्ञप्ती जारी गर्दै घटनाको यथार्थ विवरण सार्वजनिक गरेको छ । महासंघले ती व्यक्तिहरु निर्दोष ठहर गर्दै आवश्यक निर्णय गरी कानूनी उपचारका लागि अगाडि बढ्ने निर्णय गरेको छ ।

सल्यानमा थुनामा परेका ख्रीष्टियनहरू निर्दोष

राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपाल
मितिः २०७३/११/३
प्रेस विज्ञप्ती
सल्यान जिल्लाको कुबिन्डे–४, ज्यामिरे स्थित सामुयल मण्डली (नेइम ज्ञानेश्वरको शाखा)मा मिति २०७३ जेठ ६ गते मानसिक स्थिति ठिक नभएकी बिरामी सेती परियारलाई प्रार्थना गर्ने क्रममा बोक्सीको आरोपमा सिस्नु लगाइयो र दिसा ख्वाइयो भन्ने घटना सार्वजनिक भएको थियो । सोही मण्डलीका सदस्यहरु सुकलाल परियार, गंगा परियार, लाली पून, बिमकली बुढा र रुपा थापालाई झुठा आरोप लगाई जिल्ला अदालत, सल्यानले मिति २०७३ पौष ४ गते पिडित रुपा थापालाई सफाई दिँदै बाँकी ४ जनालाई ५ वर्षको जेल सजायँ र जनही रु. पचास हजारका दरले जरिवाना तोकेको छ । त्यस घटनाको सत्यतथ्य पत्ता लगाउँन राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सि.बि. गहतराजज्यूको नेतृत्वमा महासचिव पा. पदमनाथ पराजुली र प्रवक्ता÷उप–महासचिव पा. सागर बैजू सहित मानव अधिकारकमी, अधिकारकर्मी र पत्रकार समेतको प्रतिनिधि मण्डल मिति २०७३ माघ २३ गते सल्यान सदरमुकाम पुगेका थियो । प्रतिनिधि मण्डलले घटनाको विषयमा प्रमुख जिल्ला अधिकारी, सरकारी वकिल, मानव अधिकारकर्मी, अधिकारकर्मी र पत्रकारहरुसँग छुट्टाछुट्टै र सामुहिक अन्र्तक्रिया गरेको हो । जिल्ला कारागारमा रहेका बन्दीहरुसँग घटनाको वास्तविक प्रकृति सोधपुछ गर्नुका साथै सामुहिक प्रार्थना गरी आवश्यक सहयोगको लागि भूमिका खेल्ने प्रतिवद्धता जनाएको छ । साथै घटनास्थल पुगी पाष्टर पावल सुनार, एल्डर भिम बहादुर बुढा र कुन्दर थापा(मगर) लगायतका अगुवा र घटनामा संलग्न रहेका व्यक्तिहरुसँग सामुहिक छलफल गर्नुका साथै सफाई पाएकी रुपा थापासँग घटनाको विस्तृत विवरण लिइएको थियो । सल्यान जिल्लाभित्र रहेका मण्डलीका पाष्टरहरुसँग वृहत अन्र्तक्रिया गरी घटनाको विषयमा जानकारी लिनुका साथै आगामी दिनमा सचेत र संगठित हुँदै अगाडि बढ्नुपर्ने विषयमा छलफल भएको थियो । प्रतिनिधि मण्डलले १ हप्ताको अध्ययन प्रक्रिया पूरा गरी काठमाडौं आइपुग्नुका साथै छलफल र समीक्षा गर्दा उक्त घटना नियोजित तरिकाले ख्रीष्टियन भएकै कारण घटाइएको देखिन्छ । थुनामा रहेका ती मानिसहरु स्वयंलाई आफू कुन मुद्दामा र कति समयको लागि थुनामा परेको समेत अनभिज्ञ रहेको पाइयो । घटनाको विषयमा पिडितहरुको प्रत्यक्ष भनाई अनुसार बिरामीका आफन्तको अनुरोध बमोजिम आफूहरुले बिरामीकै भलाईको लागि प्रार्थना गरि दिएको बताएका छन् । घटनालाई बङ्ग्याउँदै केही मिडियाहरुले प्रार्थना गरेको विषयलाई अतिरञ्जित गर्दै बोक्सीको आरोपमा मलपुत्र खुवाउँने, सिस्नुपानी लगाउने जस्ता मिथ्या आरोप प्रचारवाजी गरेको थियो । सो घटनाको विषयमा उल्लेखित व्यक्तिहरुलाई घटना घटेको ३ महिनापछि स्थानिय प्रशासनले पक्राउ गरिएको थियो । छानवीनका क्रममा प्रशासन र अधिकारकर्मीहरुको बीचमा पटक पटक घटनाको यथार्थ बताउँदै आफूहरु निर्दोष रहेको बताउँदा समेत जबरजस्ती सही गराइएको र बयानमा लेखिएको व्यहोरामा समेत आरोपितहरु अनभिज्ञ रहेको बताउँछन् । अध्यक्ष सि.बि. गहतराजको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले सम्पूर्ण अध्ययन प्रक्रिया पूरा गरी घटना पूर्वाग्राही ढंगबाट घटाइएको र यी मानिसहरु निर्दोष रहेको प्रतिनिधि मण्डलको निष्कर्ष रहेको छ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको केन्द्रिय समितिले आवश्यक कानूनी उपचारका लागि आवश्यक निर्णय लिने निष्कर्ष निकालेको छ । देश धर्मनिरपेक्ष घोषणा भइसकेपछि सबै जाति, भाषा, धर्म, वर्णले आफ्नो आस्थाको सम्मान गर्दै त्यसको अभ्यास, अबलम्वन र संरक्षण गर्नु पाउँनु नागरिको नैसर्गिक अधिकार हो । यस्ता खालका नियोजित घटनाहरु ख्रीष्टियन समुदायमाथि कुनै पनि बेला पर्न सक्ने खतरा रहेको हुँदा सचेत र संगठित हुँदै न्यायको पक्षमा प्रार्थना सहित सहयोग र सहभागि भईदिनुहुन हार्दिक अनुरोध गर्दछौं । साथै सोही विषयमा सहयोग गरिदिनुहुन मानवअधिकारकर्मी, अधिकारकर्मी, पत्रकार मित्रहरु लगायतका सम्बन्धित सम्पूर्ण पक्षलाई राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल अनुरोध गर्दछ । ………………………
पा. सागर बैजू
प्रवक्ता/उप–महासचिव

Facebook Comments
Visits
Hit Counter provided by orange county divorce attorney