Friday , 17 November 2017
Breaking News

परमेश्वरलाई धन्यवाद प्रार्थना कार्यक्रम सम्पन्न

mahasang 1२०७३ असार ५ गते
काठमाडौं
राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालद्वारा गत जेठ २७ गते दोलखा चरिकोटको घटनामा दुःख व्यहोर्नुभएका ख्रीष्टियजनहरु बनिता डंगोल, बालकृष्ण राई, फिलिप तामाङ, किरण दाहाल, भीमबहादुर तिवारी, प्रकाश प्रधान, विमल शाहीलाई र पाष्टर शक्ति पाख्रीन असार ३ गते रिहाई हुनुभएकोमा परमेश्वरलाई धन्यवाद प्रार्थना कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको अतिथिको रुपमा मञ्चमा माथ उल्लेखितजनहरुलाई महासंघका पदाधिकारी एवं सल्लाहकारज्यूहरुले फूलगुच्छा र खादा ओढाएर स्वागत गर्नुभएको थियो । होसन्ना समूहद्वारा स्तुती प्रशंसामा अगुवाई गर्दै कार्यक्रमको शुरुवात भएको थियो भने स्वागत मन्तव्य सह–अध्यक्ष डा. फिलेमोन क्षेत्रीज्यूले दिनुभयो । वचनको प्रार्थना विशप डा. नारायण शर्माज्यूले गर्दै वचनको भागलाई रेभ. डा. मंगलमान महर्जनज्यूले सम्हाल्नुभएको थियो । महासचिव सि.बि. गहतराजज्यूले ख्रीष्टियन समुदायमाथि mahasang 2राज्यले गरेको अन्याय र यसबाट छुटकारा पाउनको निमित्त ख्रीष्टियन महासंघले गरेको पहलकदमीको बारेमा चर्चा गर्दै वहाँले खीष्टियन समुदायलाई निश्चिन्त भई आफ्ना धार्मिक अभ्यासहरु जारी राख्न प्रोत्साहन गर्दै भन्नुभयो, “यदि परमेश्वरको काममा कसैले बाधा पु¥याउँछ वा धरपकड गरी सजायको भागीदार बनाउँन खोज्छ भने महासंघ सदैव त्यसको कडा प्रतिकार गर्नेछ र सारा समुदायको ढाल बनेर खडा हुनेछ र आफू मरेर भए पनि समुदायलाई जीवित राख्नेछ ।” वहाँले सर्वप्रथम सफलताको सारा श्रेया परमेश्वरलाई दिँदै समग्र ख्रीष्टियन समुदायको सामुहिक प्रयासबाट सफलता हासिल भएको कुरा बताउँनुभयो । कार्यक्रममा दुःख भोग्नुभएका सम्पूर्ण ख्रीष्टियजनहरुले आफ्नो अनुभव बताउने क्रममा जेलभित्रका तीता मिठा अनुभवहरुसँगसँगै त्यहाँभित्र रहेर पनि वहाँहरुले कसरी परमेश्वरको काम गर्नुभयो सो कुरा बताउँदै परमेश्वर एवं वहाँहरुको पक्षमा अहोरात्र खटेर वहाँहरुलाई विजयी गराउँनुहुने सम्पूर्ण ख्रीष्टियन समुदायलाई धन्यवाद दिदैँ फैसला अझै नटुङ्गिएकोले निरन्तर प्रार्थना गरिदिनुहुन आग्रह गर्नुभयो । दोलखा जिल्लाका अग्रज पाष्टर ज्ञान बहादुर सुनुवार एवं पा. भरत खड्काज्यूले पनि आफूले यी दिनहरुमा व्यहोरेको मानसिक एवं शारिरीक तनावहरु आफ्नो अनुभवमा बताउँनुभयो । कार्यक्रमको धन्यवाद एवं समापन मन्तव्यका क्रममा का.बा. अध्यक्ष रिता थापामगरज्यूले जस्तोसुकै परिस्थितिमा पनि हामी ख्रीष्टियन समुदायहरु एकजुट भई अघि बढेमा परमेश्वरले सधैँ हामीलाई विजयी गराउँनुहुने कुरा व्यक्त गर्नुभयो । कार्यक्रमको अन्तिम प्रार्थना पा. वर्णवास श्रेष्ठज्यूले गर्नुभयो भने कार्यक्रम सञ्चालनको जिम्मा सचिव भविन्द्र राईज्यूले लिनुभएको थियो । कार्यक्रममा होसन्ना समूहले सांगीतिक माहोल तयार गरेको थियो भने गायिका धनुषा घलेज्यूले आफ्नो गीत प्रस्तुत गर्नुभएको थियो ।
Facebook Comments
Visits
Hit Counter provided by orange county divorce attorney