Monday , 23 October 2017
Breaking News

समाचार

आजबाट राष्ट्रव्यापी ४० दिने उपवास प्रार्थनाको आव्हान

वर्षौदेखि नेपाल क्याम्पस क्रूसेड फर क्राइष्टले नेपालको लागि प्रार्थनाको अभियान चलाउँदै आइरहेको छ । यस वर्ष पनि २० फेव्रुअरी २०१७ देखि ३१ मार्च २०१७ सम्म अर्थात ०९ फाल्गुन २०७३ देखि १८ चैत्र २०७३ सम्म यस ४० दिने प्रार्थना हुनेछ । सर्वत्र आत्मिक अभियान निर्माणको नारासहित सक्रिय पुरानो संस्था मध्येको यो एक इसाई संस्था हो । नेपाल देशको लागि प्रार्थना, मण्डली ... Read More »

ख्रीष्टियन मिडिया सोसाइटी गठन

यही फाल्गुन ७ गते ललितपूरस्थित संयुक्त दर्शन नेपाल (United Vision Nepal) को सभाहलमा बसेको उपत्यका केन्द्रित ख्रीष्टियान संचारकर्मीहरूको भेलाले देशका अन्य भागमा सुरू भएका ख्रीष्टियान संचारकर्मी समूहसँगको एकतामा कुनै बाधा नपुग्ने गरी “ख्रीष्टियान मिडिया सोसाइटी” गठन गरेको छ । देशभरका ख्रीष्टियान संचारकर्मीहरूसँग एकतामा आउनका निम्ति सबै विकल्पहरू खुल्ला राख्दै केशव लुइंटेलको संयोजकत्वमा ख्रीष्टियान मिडिया सोसाइटीको तदर्थ समिति गठन भएको छ ... Read More »

ज्वए मण्डलीको नयाँ भवन समर्पण सम्पन्न

माघ २६ गते बुधबार तदनुसार Feb/8th/2017  का दिनमा “ज्वए मण्डली”को नयाँ भवनको समर्पण कार्यक्रम भएको थियो । उक्त कार्यक्रममा सेनियर पास्टर रेभः किम जो· क्युनले रिभन काटी उत्घाटन गर्नुभएको थियो । कार्यक्रममा शुरुको प्रार्थना रेभः एल्डर किम जुइङ्ग केइनले गर्नु भएको थियो भने सञ्चालन श्रीमती एन्जिला अब्राहाम लामाले गर्नुभएको थियो । कार्यक्रममा सोही मण्डलीका क्वायर झुण्डले आराधनामा अगुवाइ गर्नुभएको थियो ... Read More »

सल्यानका चार इसाईहरुलाई थुनामुक्त नगरुन्जेल अर्को काममा हात नहाल्ने राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको दावी

Hari Jigyashu राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्ययक्ष सि.बी गहतराजको नेतृत्वमा महासचिव पदमनाथ पराजुली,प्रवक्ता सागर बैजु, सचिव विष्णु परियार पत्रकार सुमित नेपाली लगाएत मानवअधिकारकर्मी र वकिल सहितको टोली सल्यान जिल्ला कारागारमा थुनामा रहेका ४ जना इसाईहरुको बस्तुस्थिति बुझ्नको लागि सल्यान जानेक्रममा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल, जिल्ला समिति दाङले २३ गते प्रेरितयी मण्डली घोराहीमा आयोजना गरेको दाङ जिल्ला ख्रीष्टयन समुदाय बीच बृहत ... Read More »

ख्रीष्टियन पत्रकार, मिडियाको आधिकारीक छाता संस्था हुने पक्का

रामहरी (विश्वास) थापा जनवरी २८, २०१७ नख्खुदोबाटो, ललितपुर लामो समयदेखि ख्रीष्टियन संचारक्रमीको भेटघाट तथा संगति भइरहेको थियो । उक्त कार्यक्रममा ख्रीष्टियन संचारक्रमी, पत्रकार, लेखकको एक आधिकारीक संघ आवश्यकता महशुस गरिएको थियो । सुरुको प्रार्थना वरिष्ठ संचारकर्मी केशव लुइटेल गर्नुभएको थियो । सो कार्यक्रम युनिभर्सल क्याफे, ललितपुर भएको थियो विभिन्न संचारकर्मीले आफ्नो धारण  राखेको थिए । संगाठनिक रुपमा एकृक्रित हुनुपर्दछ । ... Read More »

राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालले जेल परेका ४ जना ख्रीष्टियनको मुद्दामा कार्य गर्ने

जनवरी २५, २०१७ जावलाखेल, ललितपुर रामहरी थापा महासंघको कार्यालयमा एक पत्रकार भेटघाट कार्यक्रम गरेको छ । सुरुको प्रार्थना पा. तेज रोक्काले गर्नुभएको थियो । उप महासचिव तथा प्रवक्ता पा. सागर बैजूले प्रेस विज्ञप्ती पढेर सुनाउनु भएको थियो । सो प्रेस विज्ञप्तीमा महासंघले पछिल्लो समयमा गरेका काम र अब गरिने कार्यहरुको बारेमा रहेको थियो । विभिन्न पत्रकार, संचारकर्मीहरुको उपस्थिती थिए । ... Read More »

“ख्रिष्टमस स्वागत सु–समचारिय सांगितीक तथा चंगाई कार्यक्रम २०७३” सम्पन्न

२०७३, मंसिर २२ गते डाँगीहाट–५,लक्ष्मीमार्ग,मोरङ्ग मोरङ्गको डाँगीहाट–५, लक्ष्मीमार्ग को सार्वजनिक खेल मैदानमा “ख्रिष्टमस स्वागत सु–समचारिय सांगितीक तथा चंगाई कार्यक्रम २०७३” सम्पन्न भएको छ । “पिसमेकर युनाईटेड ख्रिष्टीयन सोसाईटी मोरङ्ग क्षेत्र नं. ३”को आयोजकत्वमा भएको सो कार्यक्रम को सभापतित्व मा पिसमेकर युनाईटेड ख्रिष्टीयन सोसाईटी का अध्यक्ष पाष्टर खगेन्द्र श्रेष्ठ रहनु भएको थियो भने प्रमुख अतिथीमा जनजागरण पार्टी का माननिय सभासद पा. ... Read More »

सोलिड्यारिटी इन्टरनेशनल एकेडमी २५ बर्षमा प्रवेश

हेटौंडा , मकवानपुरको हेटौंडामा रहेको पहिलो ख्रीष्टियन बोर्डिङ स्कुल सोलिड्याइरिटीको स्थापनाको २५ औ बर्षमा प्रवेश गरेको छ । सन् १९९३ जनवरी ४ तारिखमा राज्य द्वारा सतावट पाएका परिवार तथा दुर्गमका गरिबहरुले गुणस्तरीय शिक्षा दिने उदेश्यका स्थापना गरिएको , संस्थापक ऋषि राम आचार्यले बताउनु भयो । कार्यक्रममा बोल्दै उहाँले स्थापना कालमा भोग्नु भएको दु:ख , कष्टमाथी पर्मेश्वरले गर्नु भएको सहयता र ... Read More »

ख्रिस्टियन पत्रकार भेटघाट

मिति २०७३ पुस १९ गते तदानुसार ३ जनवरी २०१७ का दिन ललितपुरको एकान्तकुनास्थित युनिभर्सल क्याफेमा युवा दर्शन पत्रिकाको आयोजनामा ख्रिस्टियन पत्रकारहरूको भेटघाट तथा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त भेटघाट तथा अन्तक्र्रिया कार्यक्रममा सुरुको प्रार्थना थिर के.सी.ले गर्नु भएपछि ख्रिस्टियन पत्रकारले वर्तमान समयमा भोग्नु परेका कठिनाई तथा आगामी दिनमा ख्रिस्टियन पत्रकारले खेल्नुपर्ने भूमिका लगायतका बिषयमा छलफल भएको थियो । ... Read More »

‘क्याफे’को प्रोमो सार्वजनिक गरियो

रे अफ होप प्रोडोक्सनको प्रस्तुति र युवा निर्देशक जमन बिष्टको कथा, लेखन र निर्देशन रहेको नेपाली ख्रिस्टियन फिल्म ‘क्याफे’ को प्रोमो एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरियो । सन् २०१६ को अन्तिम दिन अर्थात डिसेम्बर ३१ तारिखका दिन ललितपुरको नख्खुदोबाटोस्थित युनिभर्सल क्याफेमा विभिन्न सञ्चारका प्रतिनिधिहरू लगायत यस फिल्मसँग आवद्ध ब्यक्तिहरूको उपस्थितिमा प्रोमो सार्वजनिक गरिएको हो । श्याम राई निर्माता रहेको ... Read More »

Visits
Hit Counter provided by orange county divorce attorney